गणेश चोकदेखि सिन्धुली जोडने सडक हरिवन नगरपालिका आफैले कालोपत्रे गर्ने

4

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–४, गणेश चोकदेखि सिन्धुलीसम्म जोड्ने सडक नगरपालिका आफैले कालोपत्रे गर्ने भएको छ ।

नगरपालिकाको विकासमै कायापलट हुने सो सडक कालोपत्रे गर्न नगरले प्रदेश र केन्द्र सरकारको मुख नताकी आफ्नै बजेट खर्च गर्ने निर्णय गरेको मेयर गणेश प्रसाद प्रसाईले जानकारी दिए । ६ किलोमिटर ८ सय मिटर सडक कालोपत्रेका लागि ७ करोड ८० लाख रुपैयाँमा ठेक्का आब्हान गरिएको मेयर प्रसाईले बताए ।

सो सडक कालोपत्रे गर्नेबारे मंगलवार वडा नंं. ३ स्थित डाबरी बजारमा भएको छलफलमा ४० फिट फराकिलो सडक बनाउने सहमती भएको छ । छलफलमा गणेश चोकदेखि सिन्धुलीसम्म जोड्ने सडकमा पर्ने हरिवन नगरपालिका वडा नं. २, ३ र ४ का जनप्रतिनिधि, राजनीतिक दलका नेता, अगुवा, स्थानीयवासीलगायत सहभागी भएका थिए ।

मंगलवारको सहमतीसँगै अब सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढाइने मेयर प्रसाईले बताए ।