आगलागीमा जलेर चौध खसी बाख्रा र एउटा भैँसी मरे

प्रतिकात्मक तस्बिर

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ का एक जना किसानको गोठमा शनिवार बिहानपख आगलागी हुँदा १४ वटा खसी बाख्रा र एउटा पाडी जलेर मरेका छन् ।

ईलाका प्रहरी कार्यालय हरिवनले दिएको जानकारी अनुसार स्थानीय रमेश उप्रेतीको गोठमा आगलागी भएको हो । शनिवार बिहान पौने ३ बजेतिर सुरु भएको आगलागी स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा करिव आधा घण्टापछि निभाइएको थियो ।

आगलागीमा परेर गोठ समेत पूर्णरुपमा जलेको छ । पीडित परिवारले आगलागीबाट गोठ, १४ वटा खसी बाख्रा, एउटा भैँसीको पाडी जल्दा दुई लाख ८० हजार बराबरको क्षति भएको बताएका छन् । आगलागीको कारण खुल्न सकेको छैन् ।