बालगृहमा भोजन गराउँदै समाजसेवी योन्जनले मनाए जन्मदिन

10

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीका सिंहलाल योन्जनले जन्मदिनको अवसरमा घुर्कौलीमै रहेको द्वन्द्व पीडित बाल गृहका बालबालिकालाई भोजन गराएका छन् ।

सिंहले आफ्नो ३९ औँ जन्मदिनको अवसर पारेर बिहिवार साँझ बाल गृहमा आश्रय लिएर बसिरहेका बालबालिकालाई भोजन गराएका हुन् ।

समाजसेवाकै शिलशिलामा आफूले जन्मदिनको शुभ अवसरमा अभिभावक नरहेका बालबालिकालाई भोजन गराएको योन्जनले बताए । उनले बालगृहका बालबालिकासँगै केक काटेर उनीहरुलाई खुवाउँदै खुसी साटासाट समेत गरे ।

काठमाण्डौंमा बसोवास रहेपनि योन्जनले आफ्नो गाउँ घुर्कौली क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेका छन् ।