प्रम ओलीकाे कदम विरुद्द हरिवनमा युवा संघकाे विराेध प्रदर्शन

2

हरिवन – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेतालाई गरेकाे निलम्बन विरुद्द युवा संघ नेपाल सर्लाहीले विराेध प्रदर्शन गरेकाे छ ।

नेपाल-खनाल समुहका जय गाेले नेतृत्वकाे युवा संघ सर्लाहीले मंगलबार साँझ हरिवन स्थित पूर्व-पश्चिम राजमार्गमा नाराजुलुस सहित विराेध प्रदर्शन गरेकाे हाे । अध्यक्ष ओलीले साेमबार वरिष्ठ नेता नेपाल र भिम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गरेका थिए । ओलीले पार्टी विधि र पद्दती विपरित कार्बाही गरेकाे र साे फिर्ता हुनुपर्ने युवाहरुकाे माग थियाे । पार्टी एकता जिन्दावाद, युवा संघ जिन्दावाद लगायत नारा लगाएका थिए ।

प्रदर्शन पश्चात सगुन सहकारी अगाडि आयाेजित विराेध सभालाई युवा संघका केन्द्रीय सदस्यहरु सुनिल श्रेष्ठ, नेपाल-खनाल समुहले गठन गरेकाे अनेरास्ववियुका केन्द्रीय सचिव राजकुमार विक, जिल्ला संयाेजक जय गाेले, विनाेद रेग्मी लगायतले सम्बाेधन गरेका थिए । अध्यक्ष ओेलीले जनताले दिएकाे दुईतीहाई मतकाे विश्वासलाई लत्याउँदै आफूखुशी निर्णय गरेर पार्टी फुटाउन खाेजेकाे वक्ताहरुकाे धारणा थियाे । पार्टी नेताहरुकाे निलम्बन फिर्ता नलिईए कडा संघर्षकाे कार्यक्रमहरु ल्याईने वक्ताहरुले चेतावनी दिए ।

फाेटाे क्याप्सन : हरिवनमा युवा संघले निकालेकाे विराेध प्रदर्शन । (तस्बिर : उज्यालाे अभियान)