पूर्व सांसद साहद्वारा मानव सेवा संस्थालाई पोसाक र लडेर घाईते मगरलाई खाद्यान्न सहयोग

6

हरिवन – समाजसेवी एवं पूर्व सांसद नरेन्द्र साहले मंगलवार सर्लाहीको हरिवनमा बौद्विक तथा शारीरिक अपाङ मानव सेवा संस्थाका सदस्यहरुलाई पोसाक प्रदान गरेका छन् ।

मनकारी समाजसेवी साहकै पहलमा दर्ता भएको संस्थाका १५ जना सदस्यहरुलाई ढाकाको पोसाक प्रदान गरेका हुन् । समाजसेवी साह आफै मंगलवार दिउँसो हरिवन नगरपालिका–८, स्थित कार्यालयमा आएर पोसाक उपलब्ध गराएको संस्थाकी अध्यक्ष अन्जना पन्त कडरियाले जानकारी दिईन् ।

यसैगरी, समाजसेवी साहले मंगलवार नै हरिवन नगरपालिका–८, का भोजबहादुर मगरलाई खाद्यान्न उपलब्ध गराएका छन् । छतबाट लडेर घाईते मगरलाई साहले २ बोरा चामल, ५ किलो चिउरा, ५ किलो दाल, नुन, तेललगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

साहले यसरी पटक–पटक समाज सेवाको काम गर्दै आइरहेका छन् । पछिल्लो पटक प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपनि साहले सर्लाहीको क्षेत्र नं. ३ का बासिन्दाका लागि थुप्रै सहयोगको काम गर्दै आएका छन् ।

निर्वाचनमा पराजित भएपनि साहले सोमवार बरहथवा, बागमती, चक्रघट्टालगायतका स्थानमा पुगेर स्थानीयहरुसँग शुभकामना आदानप्रदान गरी होली समेत मनाएका थिए ।