ज्येष्ठ नागरिकलाई वडा कार्यालयको सिरक र हर्लिक्स

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाध्यक्ष राजनकुमार श्रेष्ठ । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ८ ले ज्येष्ठ नागरिकहरुलाई सुक्रवारदेखि सम्मान गर्न सुरु गरेको छ ।

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एक थान फाइबर सिरक र आधा किलो हर्लिक्स दिएर सम्मान गर्न सुरु गरिएको नगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा नं. ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए ।
वडा नं. ८ मा ७० वर्षमाथिका १०१ जना ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये केहीलाई सुक्रवार खतिवडा चौकस्थित विद्यालयमा जम्मा पारेर सम्मान गरिएको र सुक्रवार छुटेकालाई अब घरघरमै गएर सम्मान गरिने वडाध्यक्ष श्रेष्ठले बताए ।