नेपाल-खनाल युवा संघ सर्लाही संयाेजकमा जय गाेले

15

हरिवन – नेकपा एमाले नेपाल-खनाल समुहले युवा संघ नेपाल सर्लाहीकाे संयाेजकमा जय गाेलेलाई चयन गरेकाे छ भने सह-संयाेजकमा राधाकृष्ण प्याकुरेललाई चयन गरेकाे छ ।

शुक्रबार दिउँसाे हरिवनकाे सुखेपाेखरीमा सर्लाहीबाट मनाेनित युवा संघ नेपालका केन्द्रीय सदस्यहरुकाे भेलाले जिल्ला संयाेजक र सह-संयाेजक चयन गरेकाे हाे । एमाले जिल्ला अध्यक्ष रेवती पन्तकाे उपस्थितीमा जिल्लामा उपलब्ध ११ जना केन्द्रीय सदस्यहरुकाे भेलाले गाेलेलाई संयाेजक तथा प्याकुरेललाई सह-संयाेजक चयन गरेकाे केन्द्रीय सदस्य सुनिल श्रेष्ठले जानकारी दिए ।
केही दिनअघि नेपाल-खनाल समुहले सर्लाहीका १४ जनालाई केन्द्रीय सदस्य मनाेनित गरेकाे थियाे ।

भेलाले आगामी चैत २८ गते जिल्ला भेला गरेर नयाँ नेतृत्व चयन गर्ने तथा क्रमश: पालिका स्तरमा पनि नेतृत्व चयन गर्ने लगायत विभिन्न निर्णयहरु गरेकाे छ । युवाहरुलाई व्यापक रुपमा समेटदै युवा संघ नेपालकाे संगठन विस्तार एवं सुदृढ पारिने जिल्ला संयाेजक गाेलेले जानकारी दिए ।

केहीदिन अघि ओली समुहले पनि युवा संघ नेपालकाे केन्द्रीय सदस्यहरु तथा सर्लाही संयाेजकमा जाेनिश पाख्रिनलाई मनाेनित गरेकाे थियाे । हाल एमाले भित्र ओली र नेपाल-खनाल समुहले छुट्टाछुट्टै भेला राखेर युवा संघ सहित विभिन्न भातृसंस्थाहरुमा नेतृत्व चयनकाे काम गर्दै आएका छन् ।

फाेटाे क्याप्सन : भेलामा उपस्थित एमाले अध्यक्ष रेवती पन्त सहित युवा संघका नेताहरु । (तस्बिर : उज्यालाे अभियान)