बागमतीमा बस्ती नजिकै आएको डढेलो निभाइयो

1
डढेलोले सखाप पारेको ईश्वरपुर नगरपालिका–१२, मा पर्ने फूलजोर बाबा साझेदारी वन । (तस्बीर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमती नगरपालिका–११, मा वुधवार दिउँसो बस्ती छेउमै आइपुगेको डढेलो निभाइएको छ ।

जिल्लाको उत्तरी चुरेक्षेत्रस्थित हरिहरक्षेत्र सामुदायिक वन र पशुपति सामुदायिक वनमा लागेको डढेलो बागमती नगरपालिका–११, साबिकको कर्मैया गाविस–४ र ५ को मानव बस्ती नजिकै आइपुगेको थियो । बस्तीतर्फ आउन लागेको डढेलो गाउँले, नेपाल प्रहरी र नेपाली सेना मिलेर निभाउन सफल भएपनि चुरेको जङ्गलतर्फ भने डढेलो लागिनै रहेको स्थानीय रमेशराज काफ्लेले जानकारी दिए ।

वनमा डढेलो लगाउनेहरुलाई आफूहरु र प्रहरीले पहिचान गरेपनि आगामी दिनमा यसो नगर्ने शर्तमा छाडिएको काफ्लेले बताए । हावा चलिरहेको बेला बस्ती नजिकै डढेलो लाग्दा स्थानीय त्रसित बनेका थिए ।

सर्लाहीमा अहिले चुरे पहाडसँगै अन्य जङ्गलहरुमा निरन्तर डढेलो लागिरहेको छ ।