भाईको स्मृतिमा बालगृहमा आर्थिक सहयोग

2

घुर्काैली – सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्काैली स्थित द्वन्द्वपीडित बालगृहमा मंगलबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

२०७२ सालको भुकम्पबाट प्रभावित बनेका नागरिकलाई राहत वितरण गरेर फर्किने क्रममा सिन्धुपाल्चोकको यमुना डाँडामा हेलिकप्टर दुर्घटना भई मृत्यु भएका क्याप्टेन सुबेक श्रेष्ठको सम्झनामा उनकी दिदी चन्दा श्रेष्ठले बालगृहमा पचाँस हजार आर्थिक सहयोग प्रदान गरेकी हुन् । स्व. भाईको जन्मदिन पारेर स्मृति स्वरुप चन्दाले काठमाडाैंबाटै बैँक ट्रान्सफर मार्फत नगद उपलब्ध गराएको बालगृहका व्यवस्थापक नवीन लामाले जानकारी दिए । द्वन्द्वपिडित बालगृहमा हाल ४२ जना बालबालिकाहरु आश्रीत रहेका छन् । विभिन्न मनकारी व्यक्तिहरुले यस्ता किसिमका सहयोग गर्दै आईरहेकाे बालगृहले जनाएकाे छ ।

फाेटाे क्याप्सन : स्व. क्याप्टेन श्रेष्ठ ।