बागमतीमा धर्मशालाको उद्धघाटन गरी हस्तान्तरण

धर्मशालाको उद्धघाटन गरिँदै ।

बागमती – रौतहटको चन्द्रपुर नगरपालिका १ बागमतीमा निर्माण गरिएको नवनिर्मित धर्मशाला तथा प्रतिक्षालयको शनिवार उद्धघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।

हरिवन नगरपालिका १०, सुखेपोखरी निवासी केदार प्रसाद भट्टराईले स्वर्गीय पत्नी विजय कुमारी भट्टराईको स्मृतिमा सर्वसाधारण तथा मलामी आएका मानिसले उपयोग गर्न सकून् भन्ने उद्धेश्यले शौचालयसहितको एककोठे धर्मशाला तथा प्रतिक्षालयको निर्माण गरेका हुन् ।

भट्टराईको १५ लाखको लागतमा धर्मशाला तथा प्रतिक्षालयको निर्माण गरिएको हो । उक्त संरचनाको उद्धघाटन गरी शनिवार धर्मशालाको व्यवस्थापन र संरक्षणका लागि चन्द्रपुर नगरपालिका १ का वडाध्यक्ष वीरबहादुर रखाललाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा वडा नं १ का वडाध्यक्ष रखाल, नेपाली काँगे्रस बागमतीका सभापति दीपक कुमार रानाभाट, हरिवनका समाजसेवी भरतकुमार कार्की, नेकपा एमालेका नेता चूडामणि वाग्ले, बाल संरक्षण संस्था लालबन्दीकी अध्यक्ष मुना उपाध्यायलगायतको उपस्थिती रहेको थियो ।