ट्रक व्यवसायी संघ सर्लाहीको छैठौं साधारण सभा सम्पन्न

कार्यक्रमका उपस्थित अतिथिहरु ।

हरिवन – ट्रक व्यवसायीहरुको छाता संगठन सर्लाही ट्रक व्यवसायी संघको छेठौं वार्षिक साधारण सभा शनिवार हरिवनमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष रामबहादुर दवाडीको अध्यक्षता तथा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, समाजसेवी बबरजंग थापा, विभिन्न वडाका वडाध्यक्ष, स्थानीय राजनीतिक दलका शिर्षस्त नेताहरु, ट्रक व्यवसायीलगायतको उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको संघले जनाएको छ ।

संघले यस क्षेत्रका ट्रक व्यवसायीहरुको हित र अधिकारको पक्षमा काम गर्दै आइरहेको छ ।