जानकीनगरबाट सालको गोलिया बरामद्

2
विभिन्न मितिमा बरामद् गरी जानकीनगर स्थित वन कार्यालयमा थुपारिएका काठ दाउरा । (फाईल तस्बिर)

जानकीनगर – जानकीनगरबाट सालको काठ बरामद् भएको छ ।

हरिपुर नगरपालिका–१, जानकीनगरमा को. २ त ८४९६ नम्बरको ट्याकटरमा लोड गरि राखेको सालको ७ वटा गोलिया र २६ वटा चिरान काठ प्रहरीले बरामद् गरेको हो । विहिबार साँझ बरामद् ५८ क्युबिक फिट सालको काठ एवं ट्याक्टर आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा बुझाईएको प्रहरीले जनाएको छ ।