मलंगवामा जारी क्रिकेट खेलमा लक्ष्मी दुई सेमिफाइनलमा प्रवेश

3
बिहिवारको खेलका म्यान अफ द म्याच बन्न सफल खेलाडीलाई ट्रफी प्रदान गर्दै प्रतियोगिताको आयोजक समिति अध्यक्ष रामकेवल राय (रातो टोपीमा) ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा जारी टि–ट्वन्टी खुल्ला क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा लक्ष्मी दुईले योङ स्टारलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुर्गा पूजा समिति जिल्ला विकास चोक मलंगवाले तिनबिघे मैदानमा आयोजना गरिरहेको यस प्रतियोगिताको बिहिवार पहिलो क्वाटर फाइनल खेलमा लक्ष्मी दुईले योङ स्टारलाई ३ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको योङ स्टारले निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमा अल आउट हुदैं १ सय ४१ रन बनायो ।

योङ स्टारका लागि पर्शुराम कुमारले सर्वाधिक ३३ रन बनाए । उनले १८ बलमा २ छक्का र ५ चौका प्रहार गरे । १ सय ४१ रनमा योङ स्टारलाई समेट्न लक्ष्मी दुईका अखिलेश मिश्रा एक्लैले ४ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिदै महत्वपूर्ण ४ विकेट हात पारेका हुन् ।

१ सय ४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको लक्ष्मी दुईले १९.२ ओभरमा लक्ष्य पूरा ग¥र्यो । लक्ष्मीका लागि रोशन सिंहले सर्बाधिक ४४ रन बनाए । ३७ बलमा ७ चौका प्रहार गर्दै रोशनले ४४ जोडका हुन् । योङ स्टारका लागि दिपेश, दिपक र रविन्द्रले समान २÷२ विकेट लिए ।
बिहिवारको खेलको म्यान अफ द म्याच ४ विकेट हात पार्ने लक्ष्मी दुईका अखिलेश मिश्रालाई प्रदान गरिएको थियो । मिश्रालाई आयोजक समितिका अध्यक्ष रामकेवल रायले ट्रफी प्रदान गरेका थिए ।

शुक्रबार हुने दोस्रो क्वाटरफाइनल खेलमा कौडेना पर्सा र सनराइज मदनपुरबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव दिनेश यादवले जानकारी दिए ।