सर्लाहीको मौसम बद्ली, बिहानैदेखि बाक्लो हुस्सु

5
फाइल तस्बीर ।

लालबन्दी – मौसम बद्ली भई सर्लाहीमा यतिबेला मात्रामा हुस्सु लागिरहेको छ ।

पुस, माघमा झैं चैत लागेपछि पनि हुस्सु देखा परेको हो । जिल्लाको अन्य क्षेत्रको तुलनामा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा बाक्लो हुस्सु छ ।

उत्तरी चुरेका बस्तीहरुमा भने मौसम धुम्मिएको तर हुस्सु नलागेको स्थानीयले बताएका छन् । यस्तै, सदरमुकाम मलंगवा र दक्षिणी भेगमा बिहान बाक्लै मात्रामा लागेको हुस्सु अहिले भने विस्तारै कम हुन थालेको छ ।

जिल्लाको मौसम हिजो पनि दिनभर धुम्मिएको थियो । पानी पर्लाजस्तो मौसम धुम्मिने र हुस्सु लाग्ने हुँदा जिल्लावासीले चिसो केही बढेको महसुस गरेका छन् ।