बागमतीमा सर्लाही र रौतहटका ब्यापारीवीच मैत्रीपूर्ण फुटवल खेल

4
सर्लाहीका व्यापारीको टिम ।

बागमती – सर्लाही र रौतहटका ब्यापारीवीच शनिवार मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ ।

बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा अन्तर जिल्ला स्तरीय मैत्रीपूर्ण फुटवल खेल भएको हो । मैत्रीपूर्ण फुटवलमा बागमती नगरपालिका–११, १२ र रौतहटको चन्द्रपुर नगरपालिका–१, का ब्यापारीहरु मैदानमा उत्रिएका थिए ।

प्रतियोगितामा बागमती ब्यापारीका टिमले रौतहटका ब्यापारी टिमलाई ५–३ गोल अन्तरले पराजित गरेको बागमतीका टिम संयोजक एवं उद्योग बाणिज्य संघ बागमतीका महासचिव अक्षयलाल साहले जानकारी दिए । प्रतियोगितामा बागमतीका ब्यापारीको टिम उद्योग बाणिज्य संघ बागमतीका महासचिव साह र रौतहटका ब्यापारीको टिम ब्यवसायी गौतम खड्काको नेतृत्वमा मैदानमा उत्रिएका थिए ।

व्यापारीबीच आत्मियता र सौहाद्रताको निमत्त खेल आयोजना गरिएको ब्यवसायी एवं बागमती युवा क्लव बागमतीका महासचिव सागर मैनालीले बताए । खेलको माध्यमबाट दुवै जिल्लाका उद्योगी ब्यापारीबीच उदाहरणीय सम्बन्ध विस्तार हुने मैनालीको भनाई छ ।