मलंगवामा जारी क्रिकेटमा गढीमाई जमुनिया १ सय ७६ रनले विजयी

8

मलंगवा – सर्लाहीको मलंगवामा जारी खुल्ला टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा गढमाई जमुनिया क्रिकेट टिम पर्सा सामुदायिक क्रिकेट कल्बलाई १ सय ७६ रनले पराजित गरेको छ ।

दुर्गा पुजा समिति जिल्ला विकास समिति चोक मलंगवा १० ले तीनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेका गढीमाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थिए । गढीमाईका लागि इर्शाद खानले सर्वाधिक ८१ रन बनाएका थिए । ३५ बलमा खानले ९ छक्का प्रहार गरेका थिए ।

७३ रनमै ६ विकेट गुमाएका जमुनियाका लागि खान र उमाकान्त यादवले ७ औं विकेटका लागि लामो साझेदारी गरेका थिए । यादवले १८ बलमा ४३ रन बनाएका थिए । पर्साका लागि लोकेन्द्र यादव र कमेश यादवले समान ३÷३ विकेट हात पारएका थिए ।

२ सय २३ रनको लक्ष्य पच्छयाउन मैदानमा आएका पर्सा १३.१ ओभरमा अलआउट हुदैं केवल ४६ रन बनाउन सकेका थिए । गढीमाईको बलरका सामू पर्सा निरिह देखिएको थियो । पहिलो ओभरदेखि नै पर्साका खेलाडी दबाब महसुस गरेका थिए । पहिलो ओभरमा १ बनाउँदै दुई विकेट गुमाएपछि पर्साका टिम खेलमा फर्किन सकेन् । पर्साका दुई खेलाडी बाहेक अरुले दोहोर अंक समेत छुन सकेका थिएनन् ।

पर्साका लागि सरोज यादवले सर्वाधिक १४ रन बनाएका थिए । पर्सालाई सस्तोमै समेट्ने क्रममा गढीमाईका जीवन यादवले सर्वाधिक ५ विकेट लिएका थिए । ३.१ ओभरमा ९ रन खर्चिदै यादवले ५ विकेट लिएको आयोजक समितिका सदस्य कलामुदिन अंसारीले जानकारी दिएका छन् ।
खेलको म्यान अफ द म्याच गढीमाईका खेलाडी इर्शाद खानलाई प्रदान गरिएको समिति सदस्य अंसारीले बताए ।

शनिवार सनराइज मदनपुर र जय माता दी मलंगवा न.पा २ को बिच खेल हुने आयोजकले जनाएको छ ।