उद्योग वाणिज्य संघ ईश्वरपुरको अध्यक्षमा चार जनाको दावेदारी

9
फोटो क्याप्सन : पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गर्दै सांसद प्रमोद साह । (तस्बीर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको ईश्वरपुरमा उद्योग वाणिज्य संघको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।

सुक्रवारदेखि सुरु भएको पहिलो साधारण सभाको बन्द सत्रमा अध्यक्षका लागि मनोजकुमार साह, मिथलेस राय, रामचन्द्र साह तेली र रामनरेश साहले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, उपाध्यक्षमा दुर्गा अधिकारी र मीनाकुमारी महतोको उम्मेदवारी परेको छ ।

सहमती जुट्न नसकेपछि अध्यक्ष र उपाध्यक्ष पदका लागि चैत ८ गते मतदान नै हुने भएको छ । अन्य पदमा भने पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा विनोदकुमार साह, सचिवमा सन्तोष कुमार राय, कोषाध्यक्षमा शारदा मैनाली तथा सदस्यहरुमा नवीन शिलवाल, प्रमोद साह, नागेन्द्र साह, आकाशकुमार यादव, दीपेन्द्र साह र रामनाथ महतो चयन भएका छन् ।

उद्योग वाणिज्य संघ ईश्वरपुरको तदर्थ समितिका अध्यक्ष विष्णुहरि मैनालीको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा आयोजित सभामा प्रदेश सभा सदस्य नीराकुमारी साह, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी लगायतको आतिथ्यता रहेको थियो ।

उद्योग वाणिज्य संघ ईश्वरपुरमा २८१ जना सदस्य छन् । निर्वाचन हुँदा यि २८१ जना सदस्यहरुले नै मतदान गर्नेछन् । संघमा बयलवास, चौलिया र खैरा बजारका व्यापारी आवद्ध रहेका तदर्थ समितिका अध्यक्ष मैनालीले जानकारी दिए ।