वडाध्यक्षबाट कुटपीट भएको भन्दै बरहथवा नगरपालिकाका कर्मचारी धर्नामा

3

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकाका कर्मचारी वुधवार दिउँसोदेखि अनिश्चितकालिन धर्नामा बसेका छन् ।

वडा नं. १७ का वडाध्यक्ष रामविश्वास रायसहितको टोली मंगलवार साँझ नगरपालिकामै आएर प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेललाई गालीगलौच र शिक्षा शाखाका कर्मचारी भूप नारायण अधिकारीलाई सांघातिक आक्रमण गरिएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका हुन् । दोषीमाथि कारवाही नहुन्जेल कार्यालयको कामकाज बन्द गरेर आफूहरु धर्नामा बसेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए ।

वडाध्यक्ष रामविश्वास रायले भने नागरिकको समस्याबारे ध्यानाकर्षण गराएको तर कसैलाई दुव्र्यवहार नगरेको दावी गरेका छन् । प्रहरीले वडाध्यक्ष राय, शिक्षा शाखाका कर्मचारी अधिकारीलगायतलाई वुधवार तीन घण्टा बढी नियन्त्रणमा राखेर छाडेको छ ।