बागमती सेवा समाजले दियो अग्नीपीडितलाई राहत

8
पीडित परिवारलाई राहत सामग्री प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

पिडारी – आगलागीबाट घर जलेर नष्ट भएको सर्लाही हरिपुर नगरपालिका–९, पिडारीका एक परिवारलाई बागमती सेवा समाज नेपालले सहयोग गरेको छ ।

अग्नी पीडित पे्रमनाथ साह तेलीको परिवारलाई बुधबार दिउँसो २ थान त्रिपाल, २ थान झुल, दुई थान कम्बल र १ थान ट्रच लाईट प्रदान गरिएको संस्थाका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । मंगलबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा साहको घरसहित घरभित्र रहेका सम्पूर्ण सरसामग्री जल्दा ८ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी जस्तो प्रकोपमा परेर पीडित भएका परिवारलाई थोरै भएपनि सहयोग पुगोस् भनेर संस्थाले सानो सहयोग गरेको बागमती सेवा समाजका अध्यक्ष कार्कीले जानकारी दिए ।