धनकौलमा बहुजन समाज गठन

6
शनिबार चयन नेतृत्वसँगै सामुहिक तस्बिर खिचाईँदै । (फाईल तस्बिर : उज्यालो अभियान)

धनकौल – बहुजन समाज परिषद् नेपालको सर्लाही जिल्लाका विभिन्न पालिकाहरुमा संगठन निर्माण भइरहेको छ ।

सोही क्रममा बुधबार जिल्लाको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित धनकौल गाउँपालिकामा पनि समिति चयन गरिएको छ । धनकौल गाउँपालिका वडा नं. ४, महिनाथपुरमा भएको भेलाबाट रामबालक राम अध्यक्ष रहने गरी ३१ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा गणीराम पासवान र पुनम देवी पासवान, सचिवमा लालबाबु राम, सहसचिवमा रामएकवाल राम, कोषाध्यक्षमा लक्ष्मीनिया देवी माझी, सहकोषाध्यक्षमा रामेश्वर बैठा लगायत रहेका छन् । भेलालाई सम्वोधन गर्दै राष्ट्रिय प्रभारी राजाराम पासवानले बहुजन समाजलाई एक बनाउन प्रत्येक पालिकामा समिति चयन गर्दै हिँडेको बताए ।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि बहुजन समाज परिषद्का केन्द्रीय अध्यक्ष हरिनन्दन कुमार रन्जनले बहुजन समाज पनि सत्तामा पुग्ने गरी आफूहरुले संघर्ष गरिरहेको बताए । भेलालाई जीतेन्द्र राम, सुवोध पासवान, सुबलाल राम, बैधनाथ राम लगायतले सम्वोधन गरेका थिए ।