बयलवासमा ६२ जनाद्वारा रक्तदान

3

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा मंगलवार ६२ जनाले रक्तदान गरेका छन् ।

स्वस्तिक सहकारी र नेपाल रेडक्रस सोसाइटी उपशाखा, ईश्वरपुरको संयुक्त आयोजनामा भएको शिविरमा १७ वर्षीय किशोर नवीन चौधरीसहित ६२ जनाले रक्तदान गरेका सहकारीका प्रवन्धक विनोदकुमार थापाले जानकारी दिए । संकलित रगत आजै ब्लड बैंक, जनकपुरधाम पठाइएको छ ।

स्वस्तिकले यसरी बर्सेनि रक्तदान शिविर राख्नेदेखि अन्य सामाजिक काम गर्दै आएको संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले बताए ।