हरिपुरमा २० वर्षसम्म बिवाह नगर्ने युवतीलाई नगद सहित सम्मान

14

हरिपुर – सर्लाही स्थित हरिपुर नगरपालिकाले २० वर्ष पूरा गरेका अबिबाहित युवतीहरुलाई पाँच हजार रुपैंया नगदसहित सम्मान कार्यक्रम सुरु गरेको छ ।

सोमबारबाट २० वर्षसम्म बिबाह नगरी बसेका नगरभित्रका सबै युवतीहरुलाई पाँच हजार नगदसहित सम्मान कार्यक्रम सूरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । कलिलै उमेरमा हुने विवाह रोक्ने उद्देश्यसहित अबिबाहित युवतीलाई नगद पुरस्कार सहित सम्मान गर्ने अभियान प्रारम्भ गरिएको हरिपुरका मेयर जमिरुदिन मन्सुरले जानकारी दिए ।

मेयर मन्सुरका अनुसार २० वर्ष नपुगी बालिका एवं किशोरी उमेरमै बिबाह गर्ने प्रचलनलाई रोक्नका लागि नगरपालिकाले यस्तो अभियान चलाएको हो । सानै उमेरमा बिबाह हुँदा धेरैजसो बैबाहिक सम्बन्ध दिगो नहुने भएकाले बालबिबाह लगायत सामाजिक विकृति रोक्नका लागि आफूहरुले २० वर्षसम्म अबिबाहित रहेका युवतीलाई सम्मान अभियान सूरु गरेको मेयर मन्सुरले जानकारी दिए । प्रचलित कानून अनुसार २० वर्ष नपुगेसम्म युवतीले बिबाह गर्न पाईंदैन ।