लायन्स क्लबले लालबन्दीमा आयोजना गरेको शिविरमा ११३ जनाले गरे रक्तदान

रक्तदान गर्दै लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपाने ।

लालबन्दी – सर्लाहीको लालबन्दीमा मंगलवार ११३ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ लालबन्दी सिटीले विभिन्न क्लबहरुसँग सहकार्य गरेर लालबन्दी बजारमा राखेको शिविरमा ९७ जना पुरुष र १६ जना महिला गरी जम्मा ११३ जनाले रक्तदान गरेका हुन् । रक्तदान शिविर आयोजना गर्न लालबन्दी सिटी लियो क्लब, लायन्स क्लब अफ लालबन्दी, लायन्स क्लब अफ लालबन्दी सेन्चुरी र किवानिस इन्टरनेशनल निलगिरी क्लबसँग समन्वय गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार संकलित रगत ब्लड बैंक, जनकपुरमा पठाइएको छ । लायन्स क्लबले यसरी लालबन्दीमा बर्सेनि रक्तदान शिविर चलाउँदै आएको छ ।