लामखुट्टे भगाउन बालेकाे घुरबाट आगलागी : चाैपाया र गाेठ खरानी

9
प्रतिकात्मक तस्बिर

रामनागर – जिल्लाकाे दक्षिण-पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकामा आगलागीबाट क्षति पुगेकाे छ ।

रामनगर गाउँपालिका-१, खैर्बा निवासी बिश्व नाथ झाको गोठमा लामाखुट्टे भगाउन बालेको घुरबाट अचानक आगो सल्कीन गई आगोलागी हुदाँ गोठ जलेर पूर्ण रुपमा नष्ट भएकाेे छ । आईतबार राती भएकाे आगलागीबाट गोठमा बाँधेको एउटा गाई समेत जलेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिए ।

गोठ र गाई गरी एक लाख बराबरको क्षेति भएको प्रहरीले जनाएकाे छ । आईतबार राती पाैने १० बजे सूरु भएकाे आगलागी स्थानीय बासिन्दा र नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा पाैने १२ बजे नियन्त्रणमा लिईएकाले थप क्षति हुन नपाएकाे बताईएकाे छ ।