मुख्यमन्त्री राउतद्वारा सर्लाहीको रानिगन्जमा घाईतेको उद्धार

4
घाईतको उद्धारका लागि सडकमा निस्केका मुख्यमन्त्री राउत । (तस्बिर : सामाजिक संजाल)

रानिगन्ज – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमवार बिहान रानिगञ्जमा मोटरसाइकल पल्टिएर सडकमा लडिरहेका घाईतेको उद्धार गरेका छन् ।

रानिगन्ज – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहान सर्लाहीको रानिगञ्जमा मोटरसाइकल पल्टिएर सडकमा लडिरहेका घाईतेको उद्धार गरेका छन् ।

पश्चिमबाट जनकपुरतर्फ हिँडेका मुख्यमन्त्री राउतले पूर्व–पश्चिम राजमार्ग स्थित रानीगञ्ज छेउको कालिन्जोर पुल नजिकै घाईतेको उद्धार गरेका हुन् । कालिन्जोर पुल कट्ना साथ ना. ४८ प १२९९ नम्बरको मोटरसाइकल पल्टिएर त्यसका चालक सडकमै लडिरहेको देखेपछि मुख्यमन्त्री राउतले तत्कालै आफ्नो स्कर्टिङमा रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीको गाडी रोकेर अस्पताल पठाएको जनता समाजवादी पार्टी (जसपा)का नेता सुनिल कुमार साहले जानकारी दिए ।

राजमार्गमै लडिरहेका घाईते देखेपछि मुख्यमन्त्री राउत आफै ओर्लेर पुगेका थिए । मोटरसाइकल चालक रानिगञ्जकै २३ वर्षीय वीरध्वज मोक्तानको अहिले लालबन्दीमा उपचार चलिरहेको छ । केही दिनअघि प्रदेश प्रमुख राजेश झा अहिराजले पनि रौतहटमा सडक दुर्घटनामा घाईतेहरुको उद्धार गरेका थिए ।