चिकित्सक संघ सर्लाहीको नयाँ नेतृत्व चयन

4
चिकित्सक संघ सर्लाही प्रस्तावित जिल्ला कार्यसमितिका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीमा कार्यरत चिकित्सकहरुको भेलाले नेपाल चिकित्सक संघ सर्लाहीको नयाँ नेतृत्व चयन गरेको छ ।

डा. इन्द्रजित प्रसाद महतोको अध्यक्षतामा सात सदस्यीय प्रस्तावित चिकित्सक संघ सर्लाहीको नयाँ नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा डा. प्रमोद राय, सचिवमा डा. अनिल चौधरी र कोषाध्यक्षमा डा. सिताराम कुशवाहा रहेका छन् भने सदस्यहरुमा डा. संजय श्रेष्ठ, डा. पवन चौधरी र डा. उमाशन्कर गुप्ता रहेका छन् । समितिको संरक्षक डा. चन्दन चौधरी तथा प्रमुख सल्लाहकार डा. आलोक कुशवाहा रहेका छन् ।

सर्लाहीका विभिन्न अस्पतालमा कार्यरत ४० जना चिकित्सकहरुको भेलाले जिल्लाका चिकित्सकहरुलाई संगठित गर्न र चिकित्सा क्षेत्रको विकृतीहरु घटाउन ७ सदस्यीय प्रस्तावित जिल्ला कार्य समिति गठन गरिएको कोषाध्यक्ष कुशवाहाले जानकारी दिए । श्रोतका अनुसार उपचारका क्रममा बिरामीको मृत्यु हुने बितिकै पटक–पटक चिकित्सक सहित स्वास्थ्यकर्मीमाथि आक्रमण सहित दुव्र्यवहार एवं स्वास्थ्य संस्थामा तोडफोड समेत हुन थालेपछि चिकित्सकहरु संगठित भएका हुन् ।