हरिवनमा डोरी तान्ने भिडन्त सूरु

7
प्रतियोगिता उद्घाटन समारोहमा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा प्रदेश २ स्तरीय खुल्ला आमन्त्रण डोरी तान प्रतियोगिता सुरु भएको छ ।

डोरी तान संघ प्रदेश २ को आयोजनामा हरिवन–११ स्थित सूर्ति विकास खेल मैदानमा शनिबार दिउँसो डोरी तान प्रतियोगिता सूरु भएको हो । आईतबारसम्म चल्ने गरी प्रतियोगिताको फाईनल प्रतिष्पर्धामा नेपाली सेना र सशस्त्र प्रहरीको टिम पुगेको छ ।

शनिबार दिउँसो विभागिय नेपाली सेना र सशस्त्र प्रहरी तथा सर्लाही, रौतहट,बारा, धनुषा, सिराहा, सप्तरी, बरहथवा–११ गरी ९ वटा टिमको सहभागिता रहेको छ । प्रतिष्पर्धा अन्तगर्त फाईनल भिडन्तका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टिम पुगेको छ । अब प्रदेश नम्बर दुई स्तरीय डोरी तान उपाधीका लागि सेना र सशस्त्र प्रहरीको टिमबीच भिडन्त हुने भएको छ ।

यसअघि डोरी तान संघ प्रदेश दुईका अध्यक्ष प्रभुनारायण शिवाकोटी श्यामको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा शनिबार दिउँसो प्रतियोगिता उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, नेपाल डोरी तान संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य भट्टराई, ओलम्पिक कमिटिका केन्द्रिय सदस्य रमेश सिवाकोटि संघका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर दुईका ईन्चार्ज गोपाल पंजियार, हरिवन नगरपालिकाका वडाध्यक्षहरु शेख मेहबुब रेजा, यज्ञविनोद ढुंगेल लगायतको आतिथ्यता थियो । प्रतियोगितामा सर्लाही, रौतहट, बारा, धनुषासहित विभागिय क्बल एफिएफ र नेपाली सेनासँगै बरहथवा नगरपालिका–९ बाट सहभागिता छ । प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।