श्रीमतिले फुटाईन् श्रीमानको अण्डकोष

11

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा आफ्नै श्रीमतिको आक्रमणबाट एक पुरुषको अण्डकोष फुटेको छ ।

ईश्वरपुर नगरपालिका–१५, मुस्लिम टोल निवासी ६० वर्षीय जोगी साहको आफ्नै कान्छी श्रीमतीले कुटपीट गर्दा अण्डकोष फुटेको हो । अंशबण्डाको विषयमा कान्छी श्रीमती ४५ वर्षीया निमकली देवी साहको कुटपिटका क्रममा अण्डकोष फुटेपछि ६० वर्षीय जोगी साह गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । घाईते साहलाई उपचारका लागि जनकपुरतर्फ पठाइएको छ भने श्रीमती निमकली देवी प्रहरी नियन्त्रणमा छिन् ।

शनिबार दिउँसो २ बजे भएको घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।