सिभिलद्वारा वृद्दाश्रमलाई कुर्सी प्रदान

7

जुटपानी – काठमाडौं महानगरपालिका अन्तर्गत सुन्धारा स्थित सिभिल क्यापिटल मार्केट लिमिटेडले वृद्दाश्रममा सहयाेग गरेकाे छ ।

लालबन्दी नगरपालिका-२ जुटपानी स्थित पद्म भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई सिभिलले सामाजिक उत्तरदायित्व अन्तर्गत ३० थान प्लाष्टिकका कुर्सी प्रदान गरेकाे हाे । कुर्सी प्रदान गरेर सिभिलले वृद्दाश्रमलाई ठूलाे टेवा पुगेकाे भन्दै आश्रमकी अध्यक्ष भवानी काेइरालाले आाभार प्रकट गरिन् । आश्रममा तीन दर्जन वृद्दवृद्दा एवं आधा दर्जन बालबालिका आश्रित छन् ।

फाेटाे क्याप्सन : आश्रमकी अध्यक्ष काेइरालालाई कुर्सी प्रदान गर्दै सिभिलका प्रतिनिधि । (तस्बिर : उज्यालाे अभियान)