सर्लाहीकाे हरिवनमा खुल्याे आईसीयू र भेण्टिलेटर सहितकाे अस्पताल

हरिवन – सर्लाहीकाे हरिवनमा आईसीयू र भेण्टिलेटरकाे समेत सुविधा भएकाे अस्पताल सञ्चालनमा आएकाे छ ।

हरिवन बजारदेखि पुर्व लच्का हरिवन सिनेमा हलकाे सामुन्ने सरस्वती अस्पताल शुक्रबारबाट सञ्चालनमा आएकाे हाे । अस्पतालका सञ्चालक समेत रहेका डाक्टर राजिबकुमार साहले सर्लाहीमा पहिलाे पटक यतिधेरै सुविधासहितकाे अस्पताल खुलेकाे दाबी गरे । सर्लाहीकै हरिपुर निवासी डा.साह आफै वरिष्ठ फिजिसियन हुन् । आफू पेट, छाती, मुटु नसा, बाथ, मधुमेह, तथा थाईराईड राेग विशेषज्ञ समेत रहेकाे डा. साहले जानकारी दिए । साहका अनुसार अस्पतालमा ईन्डाेस्काेपी, छाती र मुटुकाे रंगिन भिडियाे एक्सरे, ईसीजी तथा ईकाे, ५०० एमएकाे डिजिटल एक्सरे लगायत अत्याधुनिक उपकरण सहितकाे ल्याब तथा दक्ष जनशक्तीकाे व्यवस्था समेत मिलाईएकाे छ ।

अस्पतालमा आफू सहित एमबीबीएस चिकित्सकहरु चाँदनी गुरङ र राकेश यादब चाैबिसै घण्टा रहने तथा साप्ताहिक रुपमा वरिष्ठ नवजात तथा शिशु राेग विशेषज्ञ डा. किशाेर साह, वरिष्ठ स्त्री तथा प्रसुती राेग विशेषज्ञ डा. श्रुति साह, वरिष्ठ हाडजाेर्नी तथा नसा राेग विशेषज्ञ डा. रवि श्रीवास्तव, वरिष्ठ नाक, कान तथा घाँटी राेग विशेषज्ञ डा. माेहम्मद् कमालुद्दिन राईन, वरिष्ठ ल्याप्राेस्काेपी सर्जन डा. आनन्द द्विवेद्वी, वरिष्ठ हाडजाेर्नी तथा नसा राेग विशेषज्ञ डा. नवीन सिंह, वरिष्ठ न्यूराे सर्जन डा. प्रमानन्द साह लगायतकाे समेत उपस्थिती रहने सञ्चालक डा. साहले दाबी गरे । आईसीयू र भेण्टिलेटर सहितकाे सुविधा भएकाले अब सर्लाहीबासीले जस्ताेसुकै उपचारका लागि जनकपुर, वीरगंज, भरतपुर लगाएत टाढा टाढा धाउनु नपर्ने साहकाे भनाई छ ।

ओपीडी तथा बिरामी भर्नाकाे सुविधा रहेकाे अस्पतालमा सुत्केरी गराउन दक्ष जनशक्ती सहित प्रसुती सेवाकाे समेत व्यवस्था रहेकाे छ । अस्पतालमा आकस्मिक बाहेक न्यूराे तथा मानसिक, पेट, छाती, मुटु, स्त्री तथा प्रसुती, छाला तथा याैन, नाक, कान घाँटी सम्बन्धी लगायत विभिन्न राेगहरुकाे उपचारका साथै विभिन्न किसिमका शल्यक्रिया समेत गरिने डा. साहले जानकारी दिए ।