सर्लाहीमा अनेम संघ र अनेम संघ (क्रान्तिकारी) बीच एकता

8

हरिपुर – सर्लाहीमा तत्कालिन नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेम संघ) र तत्कालिन माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ क्रान्तिकारी) बीच वुधवार एकता भएको छ ।

मनमोहन सामुदायिक भवन हरिपुरमा सम्पन्न भेलाबाट अहिलेको नेकपा प्रचण्ड–माधव नेपाल समूह निकट अनेमसंघको १०६ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । कमिटीमा बागमतीकी विभा नेपाल संयोजक, हरिवनकी पद्मा मोक्तान उप–संयोजक, लालबन्दीकी गीता माझी सचिव र अन्य सदस्य रहेका छन् ।

नेतृ बिनिता दाहालको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका जिल्ला अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा आयोजित भेलामा प्रदेश सभा सदस्य बेची लुंगेली, जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल, नेतृ रन्जना सरकार, सावित्री बुढाथोकी, हरिपुरकी उपमेयर रेणुका काफ्ले, बागमतीकी उपमेयर लिलाकुमारी मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

नवगठित कमिटीले बिहिवार पत्रकार सम्मेलन गरी ८ मार्च सप्ताहव्यापी रुपमा मनाउने लगायतका निर्णयबारे सार्वजनिक गर्दैछ । वुधवारको एकता भेलामा नेकपाको केपी ओली समूहका महिला नेतृहरु भने सहभागी थिएनन् ।