बराल परिवारद्वारा वृद्धाश्रममा भोजन

फाईल तस्बिर

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको वृद्धाश्रममा मंगलबार भोजन गराईनुका साथै आर्थिक सहयोग पनि प्राप्त भएको छ ।

आश्रममा हरिवन नगरपालिका वडा नम्बर –८ निवासी मनोज बरालले मंगलबार आफ्नो जन्मदिनको अवसरमा बिहानको मिष्ठान्न भोजन गराएका हुन् । साथै उनले आश्रममा दिउँसोको खाजाको समेत प्रबन्ध मिलाएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

त्यसैगरी, मंगलबार नै आश्रममा हरिवन नगरपालिका वडा नम्बर ८ निवासी स्वर्गीय नर प्रसाद पौडेलको स्मृतिमा पुर्ण देवी पौडेलले नगद २ हजार ५५५ रुपैंया सहयोग गरेकी छिन् । आश्रममा आश्रित वृद्ध बुबाआमाको हेरचाहमा सहयोग पुगोस् भन्ने उद्धेश्यले भोजन गराउने र आर्थिक सहयोग गर्ने मनकारी परिवारप्रति आश्रमले धन्यवाद प्रकट समेत गरेको छ ।