विप्लव समुहका सर्लाही र महाेत्तरी ईन्चार्ज सुस्लिङ पक्राउ

3

लालबन्दी — नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका सर्लाही र महाेत्तरी जिल्लाका ईन्चार्ज कमलबहादुर सुस्लिङ मगर पक्राउ परेका छन् । सुस्लिङलाई महाेत्तरी प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोत्तरी, गौशाला नगरपालिका–११ तारेचौरीबाट सुस्लिङलाई पक्राउ गरिएकाे महाेत्तरी प्रहरी स्रोतले जनायाे । आईतबार साँझ पक्राउ परेका सुस्लिङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महाेत्तरी लगिएकाे छ । प्रहरी स्राेतका अनुसार सुस्लिङमाथि सर्लाही र महाेत्तरीमा चन्दा आतंक मच्चाएकाे आराेप छ । सुस्लिङ सर्लाहीकाे लालबन्दी नगरपालिका निवासी हुन् । कुमार पाैडेल प्रहरी कार्बाहीमा मारिएपछि विप्लव समुहले सर्लाही ईन्चार्जकाे जिम्मेवारी समेत सुस्लिङलाई दिएकाे थियाे ।