सर्लाहीका सीडीओ पौडेलको ७ महिनामै सरुवा, नयाँ सीडीओकाे रुपमा नारायण प्रसाद भट्टराई आउँदै

8

मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलको सरुवा भएको छ । पौडेलको बारा जिल्लामा सीडीओकाे रूपमा सरुवा भएको हो । पौडेल सर्लाहीमा ७ महिना अगाडि सीडीओकाे रूपमा आएका थिए । पौडेलले कार्यकालभरी सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफू शनिबार नै काठमाडौं जाने र केही दिनपछि बारा फर्किएर काम सुरु गर्ने बताए ।

सर्लाहीमा हाल चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई आउने भएका छन् । गृह मन्त्रालयले शुक्रबार दिउँसो एकैसाथ सर्लाहीसहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो । सर्लाहीका नयाँ सीडीओ भट्टराई आउन केही दिन लाग्ने जिल्ला प्रशासन स्रोतले जनाएको छ ।