लालबन्दीमा मगर समुदायले चयन गरे नयाँ नेतृत्व

4

लालबन्दी – नेपाल मगर संघको लालबन्दी नगर समितिकाे नयाँ नेतृत्व चयन भएको छ ।

विहिबार सम्पन्न भेलाले खिलराज सुस्लिङ (भानु) को अध्यक्षतामा १८ सदस्यीय नगर स्तरीय नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा तिलकबहादुर रेग्मी मगर, सचिवमा भोटबहादुर रखाल, सहसचिवमा शारदा सुस्लिङ, कोषाध्यक्षमा प्रेमबहादुर मस्राङ्गी लगायत अन्य सदस्य छन् ।

प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता रहेकाे भेलामा संघका केन्द्रीय सदस्य एवं प्रदेश २ इन्चार्ज लेखराम जर्गा, नेकपाका नेता सुरेन्द्र लामा, संघका जिल्ला अध्यक्ष तेजनारायण आले मगर लगायतको उपस्थिति रहेकाे थियो । मगर संघका जिल्ला अध्यक्ष तेजनारायण आले मगरमा अनुसार हालसम्म बागमती, हरिवन, लालबन्दी र बरहथवामा समिति चयन भइसकेको तथा निकट भविष्यमै ईश्वरपुर र हरिपुरमा पनि समिति चयन गरिने छ ।

फाेटाे क्याप्सन : कार्यक्रमका अतिथि एवं मगर संघ लालबन्दीकाे नेतृत्वमा चयन भएकाहरु । (तस्बिर : सामाजिक संजाल)