सर्लाहीमा घरजग्गा व्यवसायीको पहिलो पटक समिति गठन

6

लालबन्दी – सर्लाहीमा पहिलो पटक घरजग्गा व्यवसायीको समिति गठन गरिएको छ ।

यस क्षेत्रमा घरजग्गाको कारोवार गर्ने व्यवसायीहरुको बिहिवार बिहान लालबन्दीमा सम्पन्न भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा गोविन्द महत अध्यक्ष, साकार शर्मा उपाध्यक्ष, राजकुमार न्यौपाने सचिव र दीपेन्द्र अधिकारी कोषाध्यक्ष छन् ।

यस्तै, होमराज काफ्ले, चिरन्जिवी खतिवडा, हरिबहादुर बुढाथोकी, मानबहादुर स्याङतान, आनन्दबहादुर बुढाथोकी, श्यामहरि पोखरेल, कैलाश साह, कृष्ण थापा र मोहन राउतलाई समितिको सदस्यमा चयन गरिएको छ । आजको पहिलो भेलामा लालबन्दी, नवलपुर, हरिवन र ईश्वरपुरका घरजग्गा व्यवसायी सहभागी भएका थिए ।

समितिमा हालसम्म ५१ जना व्यवसायी आवद्ध भइसकेका र आगामी दिनमा जिल्लाभरीकै व्यवसायीलाई समेटेर अघि बढ्ने आफूहरुको योजना रहेको तदर्थ समितिका सचिव राजकुमार न्यौपानेले जानकारी दिए ।