बागमतीको बाल संरक्षण सबाल तालिम

5

लालबन्दी – बागमती सेवा समाज नेपाल हरिवनको आयोजनामा स्थानीय बाल अधिकार समितिका सदस्यहरुको क्षमता अभिवृद्धि गरी बाल संरक्षणका सवाल पहिचान गर्ने उद्देश्यले दुई दिने स्थानीय अवस्था विश्लेषण तालिम सम्पन्न भएको छ ।

वल्र्डभिजन इन्टरनेशनलसँगको साझेदारीमा संचालित बाल स्पोन्सरसिशप परियोजना अन्तर्गत बागमती सेवा समाज नेपाले उक्त तालिमको आयोजना गरेको हो । तालिम समापन कार्यक्रम पर्सा गाउँपालिकाकी उपाध्यक्ष इन्द्रकला साह, आयोजक संस्था बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, सहयोगी संस्था वल्र्डभिजन इन्टरनेशनलकी बाल स्पोन्सरशिप संयोजक सीता चौधरी लगायतले बाल अधिकारका विषयमा विविध भनाईहरु राखेका थिए ।

लालबन्दीमा बुधबार सम्पन्न दुई दिने तालिममा जिल्ला स्थित हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका स्थानीय बाल अधिकार समितिका सदस्य, जनप्रतिनिधि, शिक्षक, बाल क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण वल्र्डभिजन इन्टरनेशनलकी सीता चौधरी र बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले गरेका थिए ।