सर्लाहीले पायो अढाई वर्षपछि सहायक सीडीओ

13

मलंगवा – जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले अढाई वर्षपछि सहायक प्रमुख जिल्ला अधिकारी पाएको छ ।

गृह मन्त्रालयले उप–सचिव भुमिश्वर पोखरेललाई सर्लाहीको सहायक सीडीओको रुपमा पठाएको हो । पोखरेलले तीन दिन अघिबाट काम सुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक नहुँदा प्रमुख जिल्ला अधिकारीमाथि भार पर्ने गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी हाजिर भएपछि कार्यालयको काममा आफूलाई ५० प्रतिसत भार कम भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । सहायक सीडीओ नहुँदा सीडीओ बिदामा बसेका बेला जिल्लाको सुरक्षा नेतृत्व प्रशासकीय अधिकृतको भरमा रहने गरेको थियो ।