हरिवनमा स्थानीय सरकारबारे अन्तरक्रिया सम्पन्न

8
कार्यक्रममा बोल्दै काशिराज दाहाल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा दुईदिनसम्म संविधान, संघीयता, सुशासन र स्थानीय सरकार विषयक अन्तरक्रिया गरिएको छ ।

न्याय क्षेत्रमा कुशल प्रशासकको रुपमा चिनिएका पूर्व सचिव काशिराज दाहालको प्रमुख आतिथ्यतामा सगुन सहकारीको सभा हल हरिवनमा अन्तरक्रिया गरिएको हो । संवैधानिक कानूनका ज्ञाता समेत रहेका दाहालले विषयवस्तुबारे विस्तृतमा प्रश्ट्याएका थिए । जनप्रतिनिधिसहित सबै सरोकारवालाहरुले दाहालको प्रस्तुतीबाट धेरै कुरा जानकारी पाएको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्षहरु, राजनीतिज्ञ र समाजका अगुवा व्यक्तिहरु सहभागी भएका थिए ।

हरिवन नगरपालिकाको सहयोगमा लालिगुराँस साँस्कृतिक युवा क्लब दनुवारीको आयोजना रहेको दुई दिने कार्यक्रम शनिबार साँझ सम्पन्न भएको हो ।