सर्लाहीका रामप्रवेश वैठा प्रदेश २ दलित विकास समितिको उपाध्यक्षमा नियुक्त

35

लालबन्दी – प्रदेश २ सरकारले सर्लाहीका रामप्रवेश वैठालाई प्रदेश दलित विकास समितिको उपाध्यक्षमा नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले वैठालाई उपाध्यक्षमा नियुक्त गरेको हो । वैठा सर्लाहीको विष्णु गाउँपालिका–४, मधुवनगोठ निवासी हुन् । तत्कालिन राष्ट्रिय जनता पार्टीमा आवद्ध वैठा हाल जनता समाजवादी पार्टीमा क्रियाशिल छन् ।

त्यस्तै समितिको सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री रहनेछन् ।

समितिमा नियुक्त भएका पदाधिकारीहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसाविरुद्व काम गर्ने मन्त्री साहले बताए । दलित सशक्तिकरण ऐन एक वर्षअघि नै प्रमाणीकरण भइसके पनि कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दलित अगुवाहरुले गुनासो गर्दै आएका थिए ।

फाेटाे क्याप्सन : समितिको उपाध्यक्षमा नियुक्त रामप्रवेश वैठा ।