सर्लाहीको हजारबिगाहमा नेकपाको श्रद्धाञ्जली सभा सूरु, माधव नेपाल बोल्दै

हजारविगाह– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा सूरु भएको छ ।

हरिपुर नगरपालिका–१, हजारविगाह स्थित पाँचकुमारी मावि परिसरमा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथिको रुपमा नेकपा अध्यक्षद्वय एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख वक्ताको रुपमा रहेका छन् । कार्यक्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य लिलामणि पोखरेल लगायत नेताहरुको उपस्थिती रहेको छ ।

यो समाचार तयार पार्दासम्म नेकपाका अध्यक्ष नेपालले बोल्न सूरु गरेका छन् । यसअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले बोलिसकेका छन् । अब लगतै प्रमुख वक्ता प्रचण्डले बोल्ने कार्यक्रम रहेको छ । दिउँसो साँढे ४ बजे सिमराबाट काठमाडौं जाने फ्लाईट भएकाले प्रमुख नेताहरुले पहिला नै बोलेर जाने कार्यक्रम रहेको सर्लाहीका अध्यक्ष पन्तले जानकारी दिए ।

नेकपा सर्लाहीका सचिब कमल बुढाथोकीको सञ्चालन रहेको सभामा स्व. वाग्लेका परिवारका सदस्य, पार्टीका डेढ दर्जन बढी केन्द्रीय नेताहरु सहित हजारौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको पार्टीले जनाएको छ ।