प्रचण्ड र नेपालद्वारा स्व. वाग्लेको शालिक निर्माणको शिलान्यास

8
स्व. वाग्लेको शालिक निर्माणका लागि शिलान्यास गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरु । । (तस्बिर : उज्यालो अभियान)
शालिक निर्माण शिलान्यास स्थलमा नेताहरु । (तस्बिर : उज्यालो अभियान)

हजारविगाह– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमार आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्न नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विहिबार मध्यान्ह सर्लाही आईपुगेका छन् ।

रौतहटको चपुरबाट दुवै अध्यक्ष सँगै सर्लाही आएका हुन् । मूर्तियामा खाना खाएपछि दुवै अध्यक्षले संयुक्त रुपमा मूर्तिया चोक स्थित स्व. वाग्लेको शालिक (प्रतिमा) निर्माणको शिलान्यास गरे । लगतै उनीहरु स्व. वाग्लेको घरमा पुगेर परिवारजनलाई भेटेका थिए ।