वैद्य परिवारद्वारा आश्रममा भोजन

3

जुटपानी – दिवंगत छोराको सम्झनामा सर्लाहीको लालबन्दी नगरपालिका–१३, का वडाध्यक्ष शिवकृष्ण वैद्यको परिवारले जुटपानी वृद्धाश्रममा भोजन गराएको छ ।

वैद्य परिवारले लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रममा आश्रीत वृद्धवृद्धा सहित सम्पूर्णका लागि मंगलबार दिनभरको खाजा र खानाको प्रवन्ध मिलाएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । कोइरालाका अनुसार वैद्य परिवारले आश्रममा बस्ने ६ जना बालबालिकालाई कपडा समेत प्रदान गरेको छ ।

वृद्धवृद्धालाई भोजन गराउन वडाध्यक्ष वैद्य, उनकी पत्नी इन्दिरा कुमारी, छोरीहरु लगायत आश्रममा आएका थिए । वैद्य परिवारको एक मात्र सुपुत्र आशिष वैद्यको गत साल पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चौकदेखि पूर्वतर्फको जंगलमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।

फोटो क्याप्सन : वृद्धवृद्धालाई भोजन गराउँदै वैद्य दम्पति । (तस्बिर : सामाजिक संजाल)