मनकारी आचार्यले बनाईदिए विपन्नलाई घर

4

ईश्वरपुर – समाजसेवी मनोज आचार्यले आफ्नो व्यक्तिगत खर्चमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, खाल्टेका एक विपन्न परिकारको घर निर्माण गरिदिएका छन् ।

सडक विस्तारका क्रममा घर भत्किएपछि बिचल्लीमा परेको आशादेवी साहको परिवारका लागि ईश्वरपुर नगरपालिकाकै भक्तिपुर निवासी समाजसेवी आचार्यले घर बनाइदिएका हुन् । जस्ताले छाएको तीन कोठे भुँई घर पाएपछि साह परिवार खुसी भएका छन् ।

बाटो बढाउँदा घर भत्किएपछि साह परिवारको बिजोक भएको देखेर आफूले घर बनाइदिएको समाजसेवी आचार्यले बताए । उक्त घर मंगलबार दिउँसो पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको छ ।

नयाँ घर पाएका साहको परिवारमा श्रीमान–श्रीमती र दुई छोरा छन् । घर भएपछि अबदेखि पाउरोटी व्यवसाय गरेर गुजारा चलाउने आशादेवीले बताएकी छिन् ।

समाजसेवी आचार्यले केही समय अघिदेखि विभिन्न सामाजिक काम गर्दै आएका छन् । उनले विभिन्न स्वास्थ्य चौकी तथा क्वारेन्टाइनमा स्वास्थ्य सामग्री, क्लबहरुलाई खेलकुद सामग्री, बिरामीलाई औषधोपचार खर्च प्रदान लगायत परोपकारी कामलाई निरन्तरता दिईरहेका छन् ।

फाेटाे क्याप्सन : मंगलबाार साह परिवारलाई घर हस्तान्तरण गर्दै कांग्रेस नेता श्रेष्ठ, आचार्य लगायत । (तस्बिर : उज्यालाे अभियान)