लालबन्दीमा मोटरसाइकल चालकको मृत्यु

10
सांकेतिक तस्बिर ।

लालबन्दी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी बजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–७, स्थित टेक्सास अस्पताल अगाडि भएको दुर्घटनामा लालबन्दी नगरपालिका–६, का ३५ वर्षीय संजिव कार्कीको मृत्यु भएको हो । शनिबार राती साँढे १० बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको ना. ४ ख २११८ नम्वरको ट्रकमा कार्कीले चलाएको बा. १० प ५०९४ नम्वरको मोटरसाइकल गएर ठोक्किएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

दुर्घटना लगत्तै कार्कीलाई घटनास्थलबाट उठाएर टेक्सास अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टम लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ । दुर्घटनामा संलग्न ट्रक प्रहरी नियन्त्रणमा छ भने फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।