नालामा खसेर ३ वर्षीय बालककाे मृत्यु

प्रतिकात्मक तस्बिर ।

पर्सा – जिल्लाकाे दक्षिणी क्षेत्र स्थित पर्सा गाउँपालिकामा नालामा खसेर एक बालककाे मृत्यु भएकाे छ ।

पर्सा गाउँपालिका-५ निवासी ब्रम्हदेव साहको ३ वर्षीय छाेरा हिमान्सु साहकाे नालामा खसेर मृत्यु भएकाे हाे । खेल्ने क्रममा एक्कासी हराएका हिमान्सु खोजतलास गर्ने क्रममा आफ्नै घर अगाडीको नालामा विहिबार साँझ ५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।