हरिवनमा बहुजन नेपालको तदर्थ समिति

9

हरिवन – सर्लाहीको हरिवनस्थित ताईवान बस्तीमा बिहिबार बहुजन समाज परिषद् नेपालको तदर्थ समिति चयन गरिएको छ ।

जोखबहादुर मोत्तान अध्यक्ष रहने गरी २७ सदस्सीय तदर्थ समिति चयन गरिएको हो । समितिमा नथुनी महतो र प्रेमा पासवान उपाध्यक्ष, वुद्धबहादुर ब्लोन सचिव, दुखिया देवी राय सहसचिव, सोममाया स्याङ्बो कोषाध्यक्ष लगायत अन्य सदस्य रहेका छन् । बहुजन समुदायलाई शाशक बनाउने उदेश्यसहित हाल जिल्लाका विभिन्न पालिकामा यसरी समिति चयन गर्ने काम भइरहेको सोही अभियान अन्तर्गत हरिवनमा तदर्थ समिति गठन गरिएकाे परिषद्का वरिष्ठ नेता एवं राष्ट्रिय प्रभारी राजाराम पासवानले जानकारी दिए । पासवानकै प्रमुख आतिथ्यता रहेकाे भेलाले हरिवनमा तदर्थ समिति चयन गरेको हो ।

यसैबिच बिहिबार नै बहुजन समाज परिषद नेपाल ब्रह्मपुरी गापा समितिले वार्ड कमिटी गठन गरेको छ । परिषदका जिल्ला सदस्य बिन्दिलाल महराको प्रमुख आतिथ्यमा संपन्न १ नम्बर वडा भेलाले २५ सदस्यीय समितिको चयन गरेको हो ।

राम कैलास पासवानको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा आन्न्द माझि र रामकेबल माझि चुनिएका छन् । त्यस्तै सचिबमा मनोज पासवान कोषाध्यक्षमा शैल पासवान र सहसचिबमा संम्तोलिया राम छानिएका छन् ।

फाेटाे क्याप्सन : बिहिबार ब्रम्हपुरीमा भएकाे भेला ।