मनकारी परिवारद्वारा वृद्दाश्रममा मिष्ठान्न

जुटपानी – ललितपुर निवासी एक मनकारी परिवारले बिहिबार सर्लाहीकाे लालबन्दी नगरपालिका अन्तर्गत जुटपानी स्थित वृद्दाश्रममा मिष्ठान्न भाेजन गराएकाे छ ।

साबिक सर्लाहीकै मलंगवा नगरपालिका घर भई हाल ललितपुर ध्रुब जाेशी र विणा जाेशी दम्पतिले लालबन्दी नगरपालिका-२, जुटपानी स्थित पद्म-भुवनेश्वरी वृद्द सेवाश्रममा आश्रित वृद्दवृद्दालाई मिष्ठान्न भाेजन गराएका हुन् । जाेशी दम्पतिले विहिबार बिहानकाे मिष्ठान्न भाेजन गराएकाे आश्रमकी अध्यक्ष भवानी काेइरालाले जानकारी दिईन् ।

आश्रमकी अक्षयकोषदाता स्वर्गीय चन्द्र कुमारी जाेशीकाे वार्षिक पुण्य तिथिकाे अवसरमा जाेशी परिवारले मिष्ठान्न भाेजन गराएकाे हाे । काेइरालाका अनुसार जाेशी दम्पतिले नै आश्रममा मिष्ठान भाेजनकाे सुरुवात गरेका हुन् । जाेशी परिवारले मिष्ठान्न भाेजनकाे सुरुवात गरेपछि अन्य परिवारबाट पनि मिष्ठान्न भाेजन गराउन थालेकाे र हाल मिष्ठान्न भाेजन गराउनेकाे लहर नै चल्दा आश्रम सञ्चालनमा निकै टेवा पगेकाे अध्यक्ष काेईरालाले बताईन् ।

फाेटाे क्याप्सन : मिष्ठान्न भाेजन गरिरहेका वृद्दवृद्दाहरु ।