प्रशासन कार्यालयमा सेवाग्राहीलाई सास्ती

2
जिल्ला प्रशासन कार्यालय मलंगवा परिसरमा देखिएको सेवाग्राहीहरुको भिड । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – पछिल्लो समय जिल्ला प्रशासन कार्यालय सहित ईलाका प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यन्त भिड बढेको छ ।
भिड बढेका कारण प्रशासन कार्यालयमा सेवा लिन आउने सर्बसाधारणले सास्ती ब्यहोर्न थालेका छन् । पछिल्लो समय राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य समेत सूरु भएपछि प्रशासन कार्यालयमा निकै भिड बढ्न थालेको हो ।

नेपाली नागरिकता र राहदानी बनाउनका लागि भिड लाग्ने जिल्ला प्रशासन कार्यालय सहित जिल्ला स्थित ईलाका प्रशासन कार्यालयमा पछिल्लो समय राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन अभियान सूरु भएपछि सेवाग्राहीको अत्यन्त भिड लाग्न थालेको हो । सर्लाहीमा नेपाली नागरिकता प्रमाणपत्र र राहदानी बनाउनका लागि आउने नागरिकका कारण जिल्ला प्रशासन कार्यालय मलगंवा तथा ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा भिड लाग्ने गर्दछ ।
नेपाल सरकारले राष्ट्रिय परिचय पत्र बनाउन सर्लाहीमा पनि विवरण संकलन गर्न सुरु गरेसँगै नागरिकता बनाउनेको भिड बढेको जिल्ला प्रशासन कार्यालय मलगंवाले जनाएको छ ।

सबै कागजपत्र पुर्याएर गएपनि नागरिकता पाउन दुई तीन दिनसम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । हाल दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय मलगंवामा सय जना हाराहारीमा र ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा ५०÷५० जनाको दरले नेपाली नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी बनाउन आउने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार दरबन्दी अनुसार कर्मचारी नहुँदा र सेवाग्राहीको भिड बढेका कारण सेवा प्रवाहमा निकै कठिनाई व्यहोर्नु परेको छ ।