चज माविमा हात्तीपाईले र कालाजारको चर्चा

2
कार्यक्रमका सहभागि । (तस्बिर : उज्यालो अभियान)

सुखेपोखरी – हरिवन नगरपालिकाको सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता माविमा हात्तीपार्इले, कालाजार र कोरोना भाईरसबारे सचेतना कार्यक्रम गरिएको छ ।

हात्तीपाईले, कालाजार र कोरोना भाईरस सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सचेत गराईएको हो । कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का करिब १२० जना विद्यार्थी सहभागी थिए । डीएफआईडीको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसियटिभ इक्वल एक्सेस नेपालले क्राउन एजेन्टको एसेन्ड कार्यक्रमसँग मिलेर सचेतना कार्यक्रम संचालन गरेको हो। नेपाल सरकारको हात्तीपाइले, कालाजार निवारण कार्यक्रमलाई सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा शिक्षकहरुले सहजीकरण गरेका थिए ।